प्रदेश

कपिलवस्तुका बिभिन्न स्थानमा धान रोपाई



डिलाराम भुसाल
कपिलवस्तु १५ असार ।
कपिलवस्तुमा २१ औं राष्ट्रिय धान दिवसका अवसरमा जिल्लाका बिभिन्न स्थानमा रोपाई महोत्सव गरिएको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि ’ भन्ने नाराकासाथ कृषि ज्ञान केन्द्र, धान सु्पर जोन कपिलवस्तु , बुद्धभुमी नगरपालिका, , कालिका स्वालम्बन सामाजिक केन्द, अखिल नेपाल किशान महासंघ क्रान्तिकारी ,अखिल नेपाल किशान महासंघ कपिलबस्तुले दिवसका अवसरमा रोपाई महोत्सव गरेका छन् । कपिलबस्तु जिल्लामा धान खेति ६९ हजार ४ सय ८० हेक्टरमा धान खेती गरिने कृषि ज्ञान केन्द्रले बताएको छ । कृषि ज्ञान केन्द्र र साना किशान कृषि सहकारी संस्था लिमिटेड कपिलवस्तु नगरपालिका को आयोजनामा गरिएको रोपाई महोत्सवमा कपिलवस्तु नगरपालिका वडा नम्बर १० बिकुलीमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यको सहभागितामा धान रोपाई भएको थियो । देशको श्रम शक्ति बिदेशिएको र मल सिंचाईको असुबिधाले धान लगायतका अन्न बालीहरुको उत्पादनमा ह्रास आउदै गएकोले बेलैमा सचेत हुनु पर्ने आचार्यले बताएका छन् यस्तै निर्भाहमुखी र परंपरागत खेतीलाईबिस्तापित गरी उपकरणहरुको प्रयोग बढाउन जरुरी रहेको ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले बताएका छन् ।
यस्तै बुद्धुभुमी नगरपालिका र प्रगतिशील कृषक समुहको आयोजनामा गोरुसिंगेमा समेत रोपाई महोत्सव गरिएको छ । मेयर केशव कुमार श्रेष्ठको नेतृत्वमा पंचेबाजा बजाई रोपाई गरिएको थियो । उक्त अवसरमा उनले कृषकहरुलाई समयमै बीउ बिजन मलखद उपलबध गराउनु पर्ने बताउदै नगर भित्रको ८ उत्कृष्ट कृषकलाई ५ हजार नगद दोसल्ला र कदर पत्रले सम्मानित गरेका थिए ।

प्रकाशित : १६ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६