देश

एमालेसँग भएको सहमति कांग्रेसले अनुमोदन गर्‍यो, राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह



काठमाण्डौ, १९ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सहमतिको स्वागत गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमालेसँगको सहमतिको स्वागत गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न अनुरोध गरेको उहाँले बताउनुभयो ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अस्ति सोमवार राति नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । सहमतिमा दुई दलले आउँदो चुनावसम्म आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ । पहिलो एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको छ । यससँगै संविधान संशोधनलगायत विषयमा पनि दुई दलबीच सहमति बनेको छ । त्यही सहमतिलाई अनुमोदन गराउन सभापति देउवाले कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो ।

यसअघि हिजो बसेको नेकपा एमाले सचिवालयको बैठकले पनि कांग्रेससँगको सहमतिलाई अनुमोदन गर्दै राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएमा संवैधानिक प्रक्रियाअनुसार नयाँ सरकार गठनको बाटो अवलम्बन गर्ने महतले बताउनुभयो । त्यो भनेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन नसकेमा राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : २० असार २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६