समाचार

एमाले पूर्व जिल्ला सल्लाहकार पोख्रेलको निधन




कपिलवस्तु, २१ असार ।
नेकपा (एमाले) कपिलवस्तुका पूर्व जिल्ला सल्लाहकार सदस्य शारदा पोख्रेलको निधन भएको छ । पोख्रेलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार निधन भएको पारिवारिक श्रोतले जनाएको हो । बाणगंगा ६ भग्लापुर, कपिलवस्तु निवासी पोख्रेलको अन्तिम दाहसंस्कार शनिवार विहान ८ बजे स्थानिय भग्लापुर घाटमा गरिने पारिवारिक श्रोतले जनाएको छ ।


यसै वीत पूर्व जिल्ला सल्लाहकार सदस्य शारदा पोख्रेलको दुःखद् निधन प्रति नेकपा (एमाले) का जिल्ला अध्यक्ष बाबुराम खनालद्धारा एक प्रेस विज्ञप्ती जारी गर्दै स्व. शारदा पोख्रेल प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ। विज्ञप्तीमा जिल्ला सल्लाहकार पोख्रेलले पार्टी जीवन संगै सामाजिक, राजनैतिक क्षेत्रमा पु¥याएको योगदान निकै महत्वपूर्ण एवम् स्मरणीय रहेको उल्लेख गर्दै उहाँको योगदानको पार्टीले उच्च कदर गर्ने उल्लेख गरिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ । स्व. पोख्रेलका ३ छोरी र १ छोरा रहेका छन् ।

प्रकाशित : २२ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६