ब्रेकिंग न्युज

एमाले पूर्व जिल्ला सल्लाहकार पोख्रेलको दाहसंस्कार



कपिलवस्तु, २२,असार । नेकपा (एमाले) कपिलवस्तुका पूर्व जिल्ला सल्लाहकार सदस्य शारदा पोख्रेलको हिन्दु परम्परा अनुसार अन्तिम दाह संस्कार स्थानिय भग्लापुर घाटमा गरिएको छ । स्व. शारदा पोख्रेलको पार्थिक शरिरमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल र एमाले पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेलले संयुक्त पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो । जिल्ला अध्यक्ष खनालले शोक मन्तब्य राख्दै जिल्ला सल्लाहकार पोख्रेलले पार्टी जीवन संगै सामाजिक, सांस्कृतिक, राजनैतिक क्षेत्रमा पु¥याएको योगदान निकै महत्वपूर्ण एवम् स्मरण योग्य रहेको चर्चा गर्नु भयो ।

अध्यक्ष खनालले स्व.पोख्रेलको निधनबाट सिंगो पार्टी पंक्ति स्तब्ध एवम् शोकाकूल बनेको बताउदै पोख्रेलका सकारात्मक पक्षलाई पार्टीले अवलम्बन गर्ने बताउनु भयो । स्व. शारदा पाख्रेल तत्कालिन नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुको उपसचिव स्व.लक्ष्मण पोख्रेलकी जीवन संगिनी हुुनुहुन्छ । स्व.पोख्रेलका ३ छोरी र १ छोरा रहेका छन् । पोख्रेलको अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले नेताहरु झविलाल पोख्रेल, डम्मर शर्मा, संविधान सभा सदस्य विश्राम प्रसाद चौधरी, लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछाने, एमाले नेता खुम प्रसाद आचार्य, धर्मराज भुसाल, बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, धनु अधिकारी, एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे, जिल्ला सचिव सिवि गहतराज, उपसचिव देवी बहादुर पोख्रेल, एमाले लुम्बिनी प्रदेश कमिटी, पार्टीका भातृ संगठन लगायतका नेता, कार्यकर्ता, स्थानियबासी, शुभेच्छुकहरुको उपस्थिती रहेको एमाले जिल्ला प्रकाशन तथा प्रचार विभाग कपिलवस्तुले जनाएको छ । पोख्रेलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार निधन भएको थियो । सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउनु भएका पोख्रेलको निधनले स्थानियबासी निकै भावुक एवम् शोकाकूल देखिएका थिए ।

प्रकाशित : २३ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६