प्रदेश

लुम्बिनी प्रदेशका मन्त्रालय डुबानमा



दाङ, २२ असार । लुम्बिनी प्रदेशको राजधानी मौरीघाट डुबानमा परेको छ । अविरल वर्षाका कारण बाढी आउँदा राप्ती गाउँपालिकाको मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरू डुबानमा परेका छन् ।

लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय डुबानमा परेका छन् । दुई वटा मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले बताउनुभयो । केही भवनमा निर्माणको काम भइरहेको र नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा डुबानमा परेको उहाँको भनाइ छ ।

राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाहरूमा पानीको सहज निकाश छैन जसले गर्दा समस्या आइरहेको छ ।

राप्ती गाउँपालिका ५ लठ्ठहवा, पहरूवा र कालापानीलगायतमा गाउँमा पनि बाढी पसेको छ । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम शुरु भएको छ ।

दाङमा गएरातिदेखि वर्षा भइरहेको छ । लगातार परिरहेको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन् ।

प्रकाशित : २३ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६