देश

उद्धार र राहतमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्री प्रचण्डको आह्वान



काठमाण्डौ, २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीरपहिरो र डुवान क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ । साथै उहाँले बाढीरपहिरोका कारण देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन उहाँले नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको हो । साथै सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नागरिकमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित : २४ असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६