प्रदेश

बाढी पहिरो प्रभावितको उद्धार र पुनस्थापना प्रभावकारी बनाउन सभामुख घर्तीद्धारा ध्यानकर्षण



बुटवल, २४ असार । अबिरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि ठूलो धनजनको क्षति सम्बन्धमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सरकारको ध्यानकर्षण गराउनु भएको छ ।


सोमवार प्रेस विज्ञप्ती जारी गर्नुहुदै उहाँले सरकारले मनसुन पूर्व तयारी र प्रतिकार्य कार्ययोजना बनाएर काम अघि वढाएतापनि कयौं स्थानमा यथाशिघ्र उद्धार र पुनस्थापनाको गतिलाई तिब्रता दिन नसकेको गुनासो आएको जनाउनु भएको हो । उद्धारका सामाग्रीहरुको यथोचित बन्दोवस्त, वाढी पहिरोबाट विस्थापित भएकाहरुको तत्कालीन तथा दिर्घकालिन व्यवस्थापन आदिमा तत्काल पहल कदमी लिई जनताको जीउधनको रक्षाको लागि कुनै पनि कसर बांकी नराखी कार्य सम्पादन गर्न सभामुख घर्ती मगरले ध्यानकर्षण गराउनु भएको छ ।


विपद् तथा प्रकोप पूर्व जानकारी दिई हुने घटना नभई आकस्मिक हुने भएकाले त्यसको प्रतिकार्यको लागी पूर्व तयारी पर्याप्त गर्नु आवश्यक रहेकोमा जोड दिनु भएको छ ।


उहाँले शुरक्षा निकाय, स्थानीयबासी, जनप्रतिनिधि र विपद्का क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको पहलमा उद्धार, पुनस्थापनाको कार्य भईरहेको र यस प्रकारको विषम परिस्थितीमा म धर्यतापूर्वक विपद्को सामाना गर्ने प्रभावितहरु, उद्धार तथा पुस्र्थापनामा जुटिरहनु भएका सम्पूर्णमा धन्यवाद तथा आभार समेत व्यक्त गर्नु भयो ।


“सरकारले मनसुन पूर्व तयारी र प्रतिकार्य कार्ययोजना बनाएर काम अघि वढाएतापनि कयौं स्थानमा यथाशिघ्र उद्धार र पुनस्र्थापनाको गतिलाई तिब्रता दिन नसकेको गुनासो आएका छन । ति गुनासाहरुलाई सम्बोधन गर्ने गरी कार्य गर्न म सम्वन्धीत सरोकारवालाहरुको ध्यानकर्षण समेत गराउंदछु । ” प्रेस विज्ञप्तीमा उल्लेख छ – “उद्धारका सामाग्रीहरुको यथोचित बन्दोवस्त, वाढी पहिरोबाट विस्थापित भएकाहरुको तत्कालीन तथा दिर्घकालिन व्यवस्थापन आदिमा तत्काल पहल कदमी लिई जनताको जीउधनको रक्षाको लागि कुनै पनि कसर बांकी नराखी कार्य सम्पादन गर्नको लागि तिनै तहको सरकार, सरकार मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रादेशिक विपद् व्यवस्थापन समिति लगायत सरोकारवाला निकायहरुलाई अनुरोध गर्दछु, साथै विपद् जन्य दुर्घटनालाई न्यूनिकरणको लागी आ–आफ्नो तर्फबाट जुट्न म सम्पूर्णमा अपिल समेत गर्दछु ।”

प्रकाशित : २५ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६