कृषि

बाणगङ्गाका दिपेन्द्र सर्वोत्कृष्ट कृषको रुपमा नगद सहित सम्मानित 




हरि घिमिरे, २४ असार ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न. ८ का कृषक दिपेन्द्र विक्रम पौडेल सर्वोत्कृष्ट कृषको रुपमा सम्मानित भएका छन् । दिपेन्द्रलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तौलिहवाले नगद सहित सम्मान गरेको हो । पशु सेवा विज्ञ केन्द्रले दिपेन्द्र सहित अन्य तिन कृषकलाई उत्कृष्ट कृषको रुपमा सम्मान गरेको छ । 


बाणगङ्गाका दिपेन्द्रलाई आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा घाँस उत्पादनमा योगदान पु¥याए बापत सर्वोत्कृष्ट कृषको रुपमा सम्मान गरिएको हो । उनलाई नगद रु १० हजार र सम्मान पत्रका साथ सम्मान गरिएको हो । सम्मान ग्रहण पछि आगामी दिनमा पनि घाँस खेती उत्पादन तथा प्रर्वद्धनमा थाप योगदान दिने पौडेलले बताएका छन् । 


पशु सेवा विज्ञ केन्द्रले बाख्रा उत्पादनमा शुद्धोधन गाउँपालिकाका कृषक अव्दुल कलाम डफलीलाई सम्मान गरेको छ । यस्तै माछा उत्पादनमा कपिलवस्तु नगरपालिकाका कृषक कमलावती हरीजनलाई गरेको छ । अर्का बुद्धभूमि नगरपालिकाका कृषक राम अवतार अहिर भैँसी उत्पादन तर्फ सम्मानित भएका छन् । तिनै जना कृषकलाई नगद रु ५ हजारका दरले सम्मान पत्रका सथ सम्मानित गरिएको हो । 


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तौलिहवाको प्राङ्गणमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. परवेज आलम लगायतले सम्मान गरेका थिए । कार्यक्रममा कृषकहरूलाई कृषि सामग्रीहरू पनि हस्तान्तरण गरिएको छ । 


 

प्रकाशित : २५ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६