प्रदेश

महासंघको अध्यक्ष स्वतः हुने प्रावधान संशोधन भयोः केन्द्रिय सदस्य मिया



काठमाडौं, २५ असार । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो ।

महासंघ कार्यसमितिको आज बसेको सातौ बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको केन्द्रीय सदस्य जमशेर अली मियाले जानकारी दिनुभयो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले सर्वसम्मत रूपमा विधान पारित गरेको र अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुने केन्द्रिय सदस्यीय जमसेर मियाले जानकारी दिनुभयो ।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुने बताइएको उहाले बताउनु भयो ।

संशोधित विधानमा दुईजना वरिष्ठ उपाध्यक्ष र थप एकजना महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

संशोधित विधान आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारणसभाले पारित गर्ने केन्द्रीय सदस्य जमशेर अली मियाले जानकारी दिनुभयो ।

प्रकाशित : २६ असार २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६