प्रदेश

लुम्बिनी प्रदेशका सांसदहरू मन्त्री बन्ने होडमा काठमाडौँ पुगे



बुटवल, २५ असार । लुम्बिनी प्रदेशका कांग्रेस–एमाले सांसदहरू मन्त्री बन्ने आकाङ्क्षासहित आफ्ना पार्टीका नेतासमक्ष लबिङका लागि काठमाडौँ पुगेका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेस मिलेर गठबन्धन बनाएको भोलिपल्टै नेपाली कांग्रेस संसदीय नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी काठमाडौँ पुगे । उनी हालैमात्र काठमाडौँबाट फर्किएका छन् । कांग्रेस प्रदेश सभापति अमर पुन अहिले काठमाडौँ पुगेका छन् ।

यस्तै प्रदेश सचेतक निमा गिरी, सांसद जमुना ढकाल, माया पुन, प्रचण्ड विक्रम न्यौपाने, राजु खनाल, देवी चौधरी, धनेन्द्र कार्की लगायत सांसद पनि पार्टीभित्र आ–आफ्नो नेटवर्क प्रयोग गर्दै मन्त्रीका लागि लबिङ गर्न काठमाडौँ पुगेका छन् ।

नेपाली कांग्रेसकी सचेतक निमा गिरीले आफू काठमाडौँ आएको दुई दिन भएको बताइन् । अझै एक हप्ता काठमाडौँमै बस्ने उनले जानकारी दिइन् । यद्यपि आफू निजी कामले काठमाडौँ आएको भन्दै उनले सत्ता फेरबदल भएकाले यस्तो बेला नेताहरू भेट्नु स्वाभाविक रहेको बताइन् ।

माओवादीका मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएपछि एमालेभित्र पनि मन्त्रीका लागि दौडधुप चलिरहेको छ । तर कांग्रेसका सांसदजस्तो एमालेका सांसद कमै काठमाडौँ पुगेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली असार २० गते रुपन्देहीमा आएको अवसरमा धेरै संसादले भेटेर आफ्ना कुरा राखेका थिए । केन्द्रमा भएको सहमति अनुसार लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने भएको छ । सोही आधारमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री पाउनेमा विश्वस्त छन् ।
एमालेका लीला गिरीलाई संसदीय दल नेताका हैसियतमा मुख्यमन्त्री बनाउने भएपछि अन्य सांसदहरू मन्त्रीका लागि दौडधुप गरिरहेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेका प्रत्यक्ष १९ र समानुपातिक १० गरी २९ सांसद छन् । केहीले एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसँग मन्त्रीका लागि पहल गर्न आग्रह गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली असार २० गते रुपन्देहीमा आएको अवसरमा धेरै संसादले भेटेर आफ्ना कुरा राखेका थिए । केन्द्रमा भएको सहमति अनुसार लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने भएको छ । सोही आधारमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री पाउनेमा विश्वस्त छन् ।

लीला गिरीले दोस्रो प्रदेशसभा निर्वाचनपछि बनेको पहिलो सरकारको नेतृत्व गरेका थिए । उनले जम्मा ३ महिनामात्रै सरकारको नेतृत्व गर्न पाए । त्यसपछि कांग्रेसका डिल्लीबहादुर चौधरीले सरकारको नेतृत्व गरे । त्यतिबेला एमाले प्रमुख प्रतिपक्षको भूमिकामा रह्यो भने माओवादी सत्ता साझेदार दल रह्यो । सत्ता समीकरण परिवर्तनपछि माओवादीका जोखबहादुर महराको नेतृत्वमा सरकार बन्यो । उक्त सरकारमा एमालेका ५ जना मन्त्री बने ।

अहिले एमालेबाट मन्त्री बन्न चेतनारायण आचार्य, विष्णु पन्थी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, खेम सारु, तुलसी प्रसाद चौधरी, बसन्ती न्यौपाने, जानकी न्यौपाने, सीता शर्मा लगायत दौडधुपमा छन् ।

८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा कांग्रेस र एमालेको ५६ सिट छ । त्यस आधारमा मुख्यमन्त्री जोखबहादुर महराले एमाले, कांग्रेसको समर्थन विना बहुमत पुर्याउन सक्दैनन् ।
एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष एवं पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले सरकार गठन हुँदा सांसदहरूले मन्त्रीका लागि पार्टीभित्र इच्छा जाहेर गर्दै नेताहरूसँग भेटघाट गर्नु स्वाभाविक रहेको बताए ।

लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महाराले विश्वास मत लिने या राजीनामा गर्ने भन्ने अझै प्रस्ट भइसकेको छैन । यद्धपि माओवादी प्रमुख सचेतक इन्द्रजित थारुले विश्वासको मतका लागि संसद फेस गर्ने बताए ।

स्रोत अनुसार मुख्यमन्त्री महराले २८ गतेपछि कसरी जाने भन्ने ठोस निर्णय लिने सोच बनाएका छन् । ८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा कांग्रेस र एमालेको ५६ सिट छ । त्यस आधारमा मुख्यमन्त्री महराले एमाले, कांग्रेसको समर्थन विना बहुमत पुर्याउन सक्दैनन् । रातोपाटी

प्रकाशित : २६ असार २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६