कपिलवस्तु, २६ असार । कपिलबस्तुमा भारी वर्षा भएको छ । जिल्लाको कोइली वाणागंगा खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले उक्त नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले साँझसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया