प्रदेश

सेवाग्राहीलाई सहज रुपमा सेवा दिन गृह सचिव अर्यालको निर्देशन




कपिलवस्तु, २६ असार ।
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सेवाग्राहिलाइ सहज रुपमा सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन। बुधबार इलाका प्रशासन कार्यालय चन्द्रौटाको भवन उद्धघाटन गर्दै सचिव अर्यालले नयाँ भवनबाट सेवाग्राहीहरुलाई सहज रुपमा सेवा पाउने बताए । सीमा क्षेत्र नजिकै रहेको प्रशासन कार्यालयले शान्ती सुरक्षामा जोड दिदै नागरिकहरुलाई सुरक्षाको प्रत्याभूती गराउनुपर्ने बताए । ईलाका प्रशासन कार्यालय चन्द्रौटामा अब छिट्टै राहदानिको काम हुने अर्यालले प्रतिवद्धता जनाए । प्रशासन कार्यालय भवन निर्माणको लागि जग्गा दिन दिएकाहरुलाई धन्यवाद दिए । भवन निर्माण गरेर मात्र नहुने बताउँदै सेवालाई प्रभावकारी तवरबाट प्रदान गर्नुपर्ने उनले बताए ।


शिवराज नगरपालिका मेयर अजय थापाले इलाका प्रशासन कार्यालय बाट प्रभावकारी रुपमा सेवा प्रवाह गरेकोमा धन्यवाद दिए । थापाले नागरिकका हरेक काम सँग जोडिएकोले कर्मचारीहरुले सहज रुपमा सेवा दिनुपर्ने बताए । कार्यक्रममा पूर्व मेयर नेत्रराज अधिकारी,समाजसेवी हरी पोख्रेलले इलाका मार्फत प्रवाह हुने सेवालाई थप गरिनुपर्ने बताए ।रु ५ करोड २४ लाख ३५ हजार लागतमा निर्माण भएको ३ तले भवनमा २६ वटा कोठा रहेका छन् । स्थानीय राम विलास कुर्मी र रुद्रनारायण कुर्मीले सहयोग गरेको ६ कट्टा १७ धुर जग्गामा भवन निर्माण भएको इलाका प्रशासन कार्यलय चन्द्रौटाका प्रमुख बाबुराम अर्यालले बताए । जग्गादाता दुबै जनालाइ सम्मान पत्र सहित सम्मान गरिएको छ ।

प्रकाशित : २७ असार २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६