प्रदेश

बुटवलका रवि थापाको हत्या आरोपी दुईजनाले गरे आत्मसमर्पण



बुटवल, २८ असार । छुरा प्रहारबाट हत्या गरिएका राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्वसदस्य रवि थापाको हत्याका दुई आरोपीले आत्मसमर्पण गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

आत्मसमर्पण गर्नेमा बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले शुक्रबार आत्मसमर्पण गरेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

गत जेठ २ गते कालिकानगरको एक रेष्टुरेन्टमा छुरा प्रहारबाट घाइते भएका बुटवल–७ निवासी ३६ वर्षीय रविको उपचारका क्रममा असार १८ गते बिहान निधन भएको थियो । रविको हत्या आरोपीहरुले आत्मसमर्पण गरेकाले अब घटनाको थप अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ ।

राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारवाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै दबाबमूलक कार्यक्रम गरेको थियो ।

प्रकाशित : २९ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६