पर्यटन

जनताको जीवन स्तर सुधारका निम्ति जीवन्त आमाहरुको महत्वपूर्ण योगदान : नेता पंथी



कपिलवस्तु, २९ असार । जीवन्त कुमारी सोमै जस्ता आमाहरुका कारण आज नेपालमा कम्युनिष्ट पार्टीहरु सशक्त बन्न पुगेको नेकपा (एमाले) का केन्द्रीय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले बताउनु भयो । लुम्बिनी प्रदेश सभा सदस्य पंथीले कठिन परिस्थतीमा पनि कपिलवस्तुको कम्युनिष्ट आन्दोलनलाई समुदायको बीचमा स्थापित गर्न सोमै परिवारको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नु भयो । नेकपा (एमाले) लुम्बिनी प्रदेश पूर्व सल्लाहकार परिषद सदस्य एवम् सेल्टर दाता कृष्ण बहादुर सौमैकै जीवन संगेनी जीवन्त कुमारी सौमैको संझनामा पटनामा आयोजित श्रद्धाञ्जली सभामा यस्तो धारणा राख्नु भएको हो ।


श्रद्धाञ्जली सभामा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् पूर्व जिल्ला अध्यक्ष डम्मर शर्माले सोमै परिवार कम्युनिष्ट आन्लोलनका निम्ति निकै महत्वपूर्ण, सार्थक योगदान पु¥याएको परिवार रहेको चर्चा गर्नु भयो । नेता शर्माले सोमै परिवार एउटा महत्वपूर्ण पार्टीको सेल्टरका रुपमा रहेको चर्चा गर्दै सिंगो परिवार नै पार्टीकृत रहेको चर्चा गर्नु भयो । एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले सोमै परिवार जस्ता परिवारका कारण आज नेकपा (एमाले) सशक्त पार्टी बन्न पुगेको चर्चा गर्नु भयो । जिल्ला अध्यक्ष खनालले सोमै परिवारको नैतिकता, आदर्श र कमरेडलीपनाको प्रशंसा गर्नु भयो । एमाले पूर्व जिल्ला उपाध्यक्ष विश्राम प्रसाद चौधरीले शोक मन्तब्य राख्दै सेल्टर दाता स्व. जीवन्त कुमारी सोमैको पारिवारिक जीवन, पार्टी जीवन संगै सामाजिक, सांस्कृतिक, राजनैतिक क्षेत्रमा पु¥याएको योगदान निकै महत्वपूर्ण, एवम् स्मरण योग्य रहेको चर्चा गर्नु भयो ।


सभामा एमाले नेता विष्णु गौतमको सोमै परिवारको जीवनमाथी प्रकाश पार्नु भएको थियो भने स्व. जीवन्त कुमारी सोमैका श्रीमान् कृष्ण बहादुर सौमैले धन्यवाद ब्यक्त गर्नु भएको थियो । स्व. जीवन्त कुमारी सोमैका १ छोरा र ३ छोरी रहेका छन् ।
एमाले जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता, जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न श्रद्धाञ्जली सभामा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य द्रोणराज सुवेदी, एमाले उपाध्यक्ष शंकर पाण्डे, उपसचिवद्धय शुसिला दरलामी, देवी बहादुर पोख्रेल, जिल्ला सचिवालय सदस्य, जिल्ला कमिटी, एवम् पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, स्थानियबासी, शुभेच्छुकहरुको उपस्थिती रहेको एमाले जिल्ला प्रकाशन तथा प्रचार विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ३० असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६