कपिलवस्तु, ३० असार । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाबाट पारित दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख शेरचनले आज लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी विधेयक र आर्थिक वर्ष २०८१–२०८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
लुम्बिनी प्रदेशसभाको बैठकबाट पारित विधेयकहरू संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयको प्रवक्ता धर्मा अर्याल बेल्वासेले बताइन् ।
प्रतिक्रिया