प्रदेश

लुम्बिनी प्रदेशले सोधभर्नाको व्यवस्था हटाएपछि अस्पतालहरूले सेवा शुल्क लिन थाले



काठमाण्डौ, ०२ साउन । लुम्बिनी प्रदेश सरकारले अस्पतालाई दिँदै आएको सोधभर्ना रोकेपछि अस्पतालहरूले बिरामीसँग सेवा शुल्क लिन थालेका छन् । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले साउन १ गते हिजोदेखि बिरामीसँग भर्ना शुल्क लिन थालेको छ ।

यसअघि भर्नादेखि बेड चार्जसम्म निःशुल्क थियो । तर हिजोदेखि अस्पतालले नयाँ बिरामी दर्ताका लागि २० रुपैयाँ, पुनः दर्ता गर्नुपरे १० रुपैयाँ, बिरामी भर्ना गर्नुपरे एक सय रुपैयाँ र बेडको चार्ज एक सय रुपैयाँ लिन शुरु गरेको हो ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पनि हिजो सार्वजनिक सूचनामार्फत सेवालाई सशुल्क गरिएकोबारे जानकारी दिएको छ । बुटवल अस्पतालमा ओपीडी सेवाका लागि भर्ना शुल्क ३० रुपैयाँ र पुनः दर्ताका लागि १५ रुपैयाँ र जनरल बेडका लागि सेवाग्राहीले प्रतिदिन ३० रुपैयाँ तिर्नुपर्ने नियम लागू गरेको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रशासन शाखाका प्रमुख रश्मिराज अधिकारीले यसअघि लुम्बिनी प्रदेश सरकारले अस्पतालाई दिँदै आएको सोधभर्ना रोकेपछि अस्पताल दुई वर्ष पहिलेकै व्यवस्थामा फर्किन बाध्य हुनुपरेको बताउनुभयो । गएको आर्थिक वर्षमा पनि अस्पतालले सोधभर्नाबापत पाउनुपर्ने ४८ लाख रुपैयाँ नपाएको उहाँँको भनाइ छ ।

प्रकाशित : २ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६