देश

भ्रष्टाचारमा सामेल कांग्रेसका सबैलाई कारबाही हुनुपर्छः विश्वप्रकाश शर्मा



काठमाडौँ । नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार गर्ने कसैलाई नछोड्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेसका जति पनि भ्रष्टाचारमा सामेल छन् सबैलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘आशङ्का गरिएका दुईवटा फाइलहरू छन् । एउटा नक्कली भुटानी शरणार्थी प्रकरण र अर्को गिरिबन्धु जग्गा प्रकरण । गरिमामय संसद्मा उभिएर म कसैलाई दोषी ठहर्‍याउन चाहँदिन र कसैलाई निर्दोष करार गर्न पनि चाहन्न । केवल यति मात्र भन्न चाहन्छु देशको मुहार फेर्न सङ्कल्प लिएर खुलेका दलहरू हुन् कांग्रेस र एमाले । यी दलहरूले सरकारको नेतृत्व गरिरहेको बेला प्रधानमन्त्रीकै शब्दलाई सापट लिएर भन्न चाहन्छु–इमानदार भएर सबैको अनुसन्धान हुनुपर्छ, । अनुसन्धानले हामी आफैँमाथि प्रश्न खडा हुन सक्छ ।

त्यसका लागि अनुसन्धानको दायरामा उभिन तयार छौँ । अरूमाथि अनुसन्धानको माग गर्न सजिलो हुन्छ तर गाह्रो हुन्छ आफूमाथि अनुसन्धान गर्दा । तर आज म यो जिम्मेवार संसद्मा उभिएर गिरिबन्धु जग्गाको ७० प्रतिशत जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने आरोप छ । तर यो प्रकरणमा कांग्रेसका को व्यक्ति हुन हो छानबिनको दायरामा ल्याओस् ।’

साथै उनले सरकारले शोकमा दुई खालको व्यवहार गरेको टिप्पणी गरेका छन् । गत साउन ९ गते सौर्य एयर र गत २०७९ माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा सरकारले फरक व्यवहार गरेको बताएका हुन् । उनले हवाई र विमान दुर्घटनापछिको शोकमा पनि सरकारले फरक व्यवहार गरेको उनको भनाइ छ । उनले आगामी दिनमा शोकमा सरकारले फरक व्यवहार नगरोस् भन्दै ध्यानाकर्षण गराए ।

‘सौर्य एयरको जहाज दुर्घटनाको भोलिपल्ट हामीले राष्ट्रिय झन्डा आधा झुकायौँ । २०७९ माघ १ मा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । यसको भोलिपल्ट हामीले राष्ट्रिय शोकको घोषणा गर्‍यौँ । एउटै प्रकृतिको दुर्घटना, तर शोकमा हामीले दुई खालको व्यवहार गर्‍यौँ । दुर्घटना र मृत्यु सबै दुःखद हुन्छन्,’ उनले भने, ‘यसबिचमा चौतर्फी रूपमा ध्यानाकर्षण नागरिक पङ्क्तिबाट गराइएको छ । त्रिशूलीमा पनि बस खस्यो तर, न हामीले आधा झन्डा झुकायौँ न कुनै शोकको घोषणा गर्‍यौँ । म कामना गर्छु– आगामी दिनमा हवाई होस्, या सडक होस्, यो प्रकृतिका दुर्घटनाहरू सुन्न नपरोस् । दुर्घटना भइहाल्यो भने राज्यले गर्ने व्यवहारमा एकरूपता कायम हुन सकोस् ।’

प्रकाशित : १३ श्रावण २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६