प्रदेश

लुम्बिनी सरकारको प्रवक्तामा पन्थी



कपिलवस्तु, १५ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको प्रवक्ताको जिम्मेवारीमा विनाविभागीय मन्त्री दिनेश पन्थीलाई दिएका छन् ।

लुम्बिनी मन्त्रिपरिषद् बैठकबाट उनलाई प्रवक्तामा नियुक्त गरिएको हो । एमालेबाट गुल्मी २ (२) बाट निर्वाचित पन्थी यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री र सरकारको प्रवक्ता थिए ।

कांग्रेस–एमाले गठबन्धन सरकारमा पनि पन्थी पुनः मन्त्रीमा दोहोरिएका हुन् । एमालेबाट चार र कांग्रेसबाट चार जना मन्त्री नियुक्त भएकामध्ये आचार्य विनाविभागीय मन्त्री हुन् । दुईरचार दिनमै मन्त्रीहरूको कार्यविभाजन गरिने नवनियुक्त सरकारका प्रवक्ता पन्थीले बताए । त्यसको लागि आन्तरिक रुपमा गृहकार्य भइरहेको उनले बताए ।

प्रकाशित : १५ श्रावण २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६