प्रदेश

प्युठानको बुढादेवी बजारमा बाढी पस्यो, भालुबाङ–चकचके सडक अवरुद्ध



प्युठान, १६ साउन । प्युठानको प्युठान नगरपालिका–१० बुढादेवी बजारमा बाढी पसेको छ । भुस्बाङ खोलाको बाढीले बजार र बजार आसपासको बस्ती डुबानमा परेको हो । स्थानीयबासीका अनुसार कम्तीमा १२ घर डुबानमा परेका छन् । पुरानो गाविस भवन र एउटा कृषि फार्मसमेत डुबानमा परेको छ ।

स्थानीय पार्वती सुनार, डिल बहादुर सार्की, आत्माराम सुनार, गिता नेपाली, कृष्ण बहादुर केसी लगायतका घरमा बाढीले क्षति पुर्‍याएको छ । बाढीले केही घरहरु भत्किएको र कुखुरासहित पशुचौपाया बाढीमा बगेको स्थानीयले बताएका छन् । यहाँ गत वर्षदेखि बाढी पस्ने गरेको छ ।

यसैगरी प्युठानको चकचके–दाङको भालुबाङ सडकखण्ड पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । प्रहरी प्रवक्ता केसीका अनुसार डिभिजन सडक कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउने काम जारी छ ।

माण्डवी नगरपालिका–१ को गर्जेनी, सिमलचौर र खहरेखोलामा पहिरो खसेको छ । यो सडकले रोल्पालाई समेत जोड्ने गर्दछ ।स्थानीयका अनुसार बाग्दुला–बिजुवार सडकखण्ड अन्तर्गत स्वर्गद्वारी बहुमुखी क्याम्पस नजिकैको सडकमा पनि खहरे खोलाको बाढी पसेकाले यात्रा असहज भएको छ ।

सलिम मियाबाट

प्रकाशित : १६ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६