प्रदेश

लुम्बिनी प्रदेशका ८ जना विनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाँट



कपिलवस्तु, १८ साउन ।
लुम्बिनी प्रदेशका आठ जना विनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाँट भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले गएको ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट ४ जना गरी ९ जना विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको थिय

कांग्रेसका धनेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्री, सरोज थापा शहरी विकास तथा खानेपानी मन्त्री, बादशाह कुर्मी वन तथा वातावरण मन्त्री र प्रचण्डविक्रम न्यौपाने उद्योग, पर्यटन तथा यातायात मन्त्री बन्नुभएको छ । कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री अझै पठाउन सकेको छैन ।

त्यस्तै एमालेबाट भूमिश्वर ढकाल भौतिक पूर्वाधार विकास मन्त्री, दिनेश पन्थी कृषि तथा भूमि व्यवस्था मन्त्री, खेम सारु स्वास्थ्य मन्त्री र सीता शर्मा चौधरी ऊर्जा जलश्रोत र सिँचाइ मन्त्री बन्नुभएको छ ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६