प्रदेश

अरिङ्गालको टोकाइबाट एकको मृत्यु



गुल्मी, १८ साउन । गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर(२ यादुङ बस्ने ३५ वर्षीय हरिबहादुर कुँवरको अरिङ्गालको टोकाइबाट मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो ।

बिहीबार साँझ करिब ७ः३० बजेको समयमा घर नजिकै आफ्नो बारीको छेउमा रहेको सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालको टोकाइबाट कुँवर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक केसीका अनुसार अरिङ्गालले शरिरको विभिन्न भागमा टोकी घाइते हुनुभएका निजलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको थियो । घाइते हुनुभएका कुँवरको उपचारको क्रममा शुक्रबार बिहान करिब ८:२५ बजेको समयमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६