प्रदेश

अवैध रूपमा नेपाल ल्याउँदै गर्दा पक्राऊ परेका २४ सय कुखुराका चल्ला नष्ट



कपिलवस्तु, २२ साउन । विजयनगर वडा नम्बर ७ गेडुवाजोतमा २४ सयवटा कुखुराका चल्ला अवैध रूपमा नेपाल ल्याउँदै गर्दा पक्राऊ गरिएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेको कमाण्डमा खटिएको सात जनाको मोबाइल टोलीले सुराकीको आधारमा उक्त पक्राऊ गरेको हो।

अवैध रूपमा भारतबाट नेपाल ल्याइँदै गरेका ती चल्ला लु १७ प ७४७९ र ना.६ प ९९९९ नम्बरका दुई मोटरसाइकलमा ल्याइँदै थिए। मंगलवार विहान ४ बजे तस्करहरू प्रशासनलाई देखेपछि मोटरसाइकल सहित कुखुराका चल्ला छाडेर भागेका थिए।

चल्लाहरू पशु क्वारेन्टाइनका डा. दयाराम चौधरी, पत्रकार, र स्थानीय समाजसेवीहरूको रोहवरमा नष्ट गरिएका छन् भने मोटरसाइकलहरू भन्सार पठाइएको छ।

प्रकाशित : २२ श्रावण २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६