प्रदेश

पहिरोमा ज्यान गुमाएकाहरूको सामूहिक अन्त्यष्टी



गुल्मी, २४ साउन ।

गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरूको सामूहिक रूपमा दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौनामा मंगलबार बिहान पहिरोमा परि मृत्यु भएका चार जनाको बुधबार स्थानीय बढीगाढ खोलामा सामुहिक दाहसंस्कर गरिएको हो ।


मंगलबार बिहान नौ बजेको समयमा बिसौनाका बिष्णु बिकको घर पहिरोले पुरिँदा उनकी ६६ वर्षीया आमा मसुरी बिक, अढाई वर्षीया र छोरी रियन्सी बिक सहित ६७ वर्षीय हुकुम बिक र उनका ४६ वर्षीय छोरा गोरे बिकको मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट डाक्डर पठाएर घटना स्लथलमै पोष्टमार्टम गर्ने व्यवस्था मिलाएको थियो । पोष्टमार्टमपछि शवलाई आफन्तको जिम्मा लगाईएको थियो । उक्त शवलाई बुधबार बिहान हिन्दु परम्परा अनुसार दाहसस्कार गरिएको हो ।


दाहसस्कारको क्रममा जिल्ला समन्वय समिति गुल्मीका उप प्रमुख तेजेन्द्र सलामी, मुसिकोट नगरपालिका उप प्रमुख गंगा श्रेष्ठ, सुरक्षा निकाय एवं स्थानीयवासीको सहभागिता रहेको थियो । उक्त घटनामा परि बिष्णु बिक र उनकी श्रीमती मुना बिक गम्भीर घाईते भएका थिए । घाईतेहरूको अहिले मेडिकल कलेज प्रवास पाल्पामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसअघि गत आसार १४ गते गुल्मीको मालिका गाउँपालिका -६ अन्तरगत अर्जेमा पनि पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको थियो ।

प्रकाशित : २४ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६