प्रदेश

बाँकेमा ब्राउन सुगरसहित २६४ जना पक्राउ



बाँके, २४ साउन । प्रहरीले लागु औषध नियन्त्रणका लागि सुरक्षा परिचालनसँगै जनचेतनामूलक कार्यक्रममा केन्द्रित गरे पनि लागु औषध प्रहरीका लागि सधै टाउको दुःखाइको विषय बन्दैआएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले लागु औषधमा ब्राउनसुगर ओसार–पसार र सेवन ठुलो समस्याको रुपमा रहेको बताउनुभयो ।

प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०–८१ मा लागु औषधको मात्र १७७ मुद्दा दर्ता भएको छ । ९२५ ग्राम ८१५ मिलीग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको जनाएको छ । सो क्रममा २६४ जनालाई पक्राउ गरिएको डिएसपी डाँगीले बताउनुभयो ।

डिएसपी डाँगीले भन्नुभयो, ‘लागु औषध नियन्त्रणका लागि सीमापारी भारतीय सुरक्षा निकायसँग समन्वयदेखि गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएका छौं ।’

नेपालगञ्ज पछिल्ला केही वर्षदेखि लागु औषध ब्राउनसुगरको हबको रुपमा देखिएको सुरक्षा निकाय र लागु औषध नियन्त्रणको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले दाबी गर्दैआएका छन् । सीमापारी भारतीय बजार रुपैडियाबाट ब्राउनसुगर र अन्य लागुपदार्थ भित्र्याउने र बाँकेको विभिन्न सहरी र ग्रामीण इलाका तथा अन्य जिल्लामा पठाउने गरिएको छ ।

लागु औषध नियन्त्रणका लागि प्रहरीले विशेष अभियान नै चलाइरहेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा युवापुस्ता लागु औषधको उच्च जोखिममा छन् ।

प्रकाशित : २४ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६