प्रदेश

सात पटक विज्ञापन गर्दा पनि पाइएन गणित शिक्षक



सुनवल, २६ साउन । पश्चिम नवलपरासीको रामग्राम १८ पण्डितपुरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा सात पटक विज्ञापन आह्वान गर्दा समेत गणित शिक्षक पाईएको छैन् । गत वर्ष देखि गणित शिक्षक नहुँदा कामचलाउ तवरबाट कक्षा सञ्चालन हुँदै आएको छ । माध्यमिक तह तृतिय श्रेणीमा गणित विषयको नगर अनुदान कोटामा गणित विषयमा स्नातक वा सो सरह उत्तीर्ण नेपाली नागरिक बाट दरखास्त आह्वान गरेपनि सात पटक विज्ञापन प्रकाशन गर्दा समेत कोही पनि दरखास्त पेश गर्न आएका छैनन् ।

नगर अनुदान कोटामा मावि तहमा गणित विषय पढाईरहेका हरिशंकर चौधरीले प्रावि तहमा स्थायीमा नाम निकालेपछि उनि अन्यत्रै सरुवा भएका कारण गत वर्ष देखि गणित शिक्षक बिनानै विद्यालयले पठनपाठन गराईरहेको छ । १७ जना शिक्षक शिक्षिका रहेको उक्त विद्यालयमा मा वि तहमा तीन जना शिक्षक मात्र छन् । मावि स्थायीमा प्रधानाध्यापक मात्र छन् भने संघीय अनुदान कोटाका दुई जना अंग्रेजी र विज्ञान शिक्षक रहेको विद्यालयले जनाएको छ । सातौँ पटक साउन २१ गते एक हप्ता समय दिएर विज्ञापन आह्वान गरिएपनि हाल सम्म कसैले पनि दरखास्त पेश नगरेको विद्यालयका प्रधानाध्यापक ऋषिराम ढकालले बताए । ‘विद्यालयमा गणित शिक्षक नभएपनि कक्षा रोकिएको छैन, वैकल्पिक व्यवस्था गरेर अध्यापन भईरहेको छ, तर मावि तहकै शिक्षक नियुक्त गर्न पाए थप प्रभावकारी हुने थियो, प्रधानाध्यापक ढकालले भने ।’

हाल विद्यालयमा प्रावितहकि स्थाई शिक्षक रिमा चापागाईले कक्षा नौ र दशमा गणित अध्यापन गराउदै आएकि छन् । प्रा।वि तहको भएपनि शैक्षिक योग्यताका आधारमा उहाँलाई कक्षा लिन दिएको हो, प्रधानअध्यापक ढकालले भने । दरखास्त नपरेपनि विगतमा एक दुई जनाले फोन मार्फत सोधपुछ गर्ने गरेको तर तलब स्केल थाहा पाएपछि दरखास्त दिन नआएको विद्यालयले जनाएको छ । नगरपालिकाले गत वर्ष चार हजार थप गरी नगर अनुदान कोटा ९करार० को तलब २६ हजार रूपैयाँ तय गरेको छ । रामग्राम नगरपालिकाका शिक्षा अधिकृत सुन्दर खनालले शिक्षक अभाव देशभरको समस्या भएको भएको भन्दै उक्त विद्यालयमा दरबन्दीनै नहुदा समस्या हुदै आएको बताए ।

विगतमा विद्यालय स्थापना गर्ने क्रममा विद्यालय संञ्चालनको अनुमतीलाई मात्र जोड दिदा यसतो समस्या देखिएको बताउँदै दरबन्दी नभएकै कारण स्थानिय तह र संघिय सरकारले अनुदान कोटा सृजना गर्नुपरेको बताए । रामग्रामका अन्य विद्यालयमा भने यस किसिमको समस्या सृजना नभएपनि पण्डितपुरमा पटक पटक विज्ञापन प्रकाशन गर्दा समेत कोहि नआएको खनालको भनाइ छ । पछिल्लो समय गणित विषयका शिक्षकको अभाव बढ्दै गएको छ ।

प्रकाशित : २६ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६