प्रदेश

श्रावणी मेलाको चौथो सोमबार १० घण्टा जमिनमा घस्रिएर जलार्पण



कपिलवस्तु, २८ साउन ।

श्रावणी मेलाको चौथो सोमबार कपिलवस्तुको तौलिहवा स्थित प्राचिन ताम्रेश्वरनाथ (तौलेश्वरनाथ) महादेव मन्दिरमा जलापर्णका लागि घुईचो लागेको छ । बाणगंगा नदीमा स्नान गरी जल लिई बोलबमको नारा लाउँदै जलापर्ण गर्न नेपाल र भारतका ठुलो संख्यामा श्रद्धालु आएका छन् ।

रोचक त के छ भने जलापर्णका लागि आउने कतिपय श्रद्धालुले भाकल पूरा गर्न १० घण्टा बढी जमिनमा घस्रिएर ५ किलोमिटर दुरीमा रहेको महादेब मन्दिरहरुमा जलार्पण गरेका छन् । राति १२ बजेबाट जमिनमा घिस्रिन शुरु गरेका श्रद्धालु बिहान ९ बजे पछि मन्दिरमा पुगेका थिए । मनोकांक्षा पूरा हुने जनबिश्वासका साथ जमिनमा घिस्रिएर जलार्पण गर्नुलाई यहाँ स्थानीय भाषामा लोटबम भन्ने गरिएको छ । तौलिहवा बजारको आनन्दबागको बिभिन्न स्थानमा सडक भत्किएको भए पनि ग्राभेल सडकमा घिस्रिएर श्रद्धालुले जलापर्ण गरेका छन् । जमिनमा घिस्रिएर जलार्पण गर्ने श्रद्धालुलाई घिस्रिएर जलार्पण गर्न परिवारका सदस्यले सहयोग गरेका हुन्छन् । कोही उभिएर जमिनमा घिस्रिएका थिए भने कोही बोलबमको नारा लगाउँदै कोल्टे फेर्दै घिस्रिएर जलार्पण गरे । जलार्पणको लागि पछिल्लो समय लोटबम गर्ने श्रद्धालु बढ्दै गएका छन् । अन्तिम सोमबार मात्रै १ सय बढीले जमिनमा घिस्रिएर जलार्पण गरेको तौलेश्वरनाथ महादेव मन्दिर व्यवस्थापन समितिको अनुमान छ ।

महिनाभरि शिव मन्दिरमा जलार्पण गर्नाले बिशेष पुण्यफल मिल्ने विश्वासका साथ भक्तजनहरुले यहाँ जलार्पण गर्ने गरेका हुन् । जलार्पणका लागि तिलौराकोट किनारमा अवस्थित प्राचीन भागिरथी (बाणगंगा) नदीमा स्नान गरी जल लिई भजन किर्तन गर्दै भक्तजनहरु ताम्रेश्वर महादेव मन्दिरमा आउने गरेका छन् । बोलबमको नारा लगाउँदै जमिनमा घस्रिएर आउने भक्तजनका लागि आइतबार साँझदेखि नै चोक चोकमा प्रसाद, सर्बत र पानीको व्यवस्था गरिएको थियो । यहाँ नेपालका मात्रै नभई भारतको उत्तरप्रदेशको सिद्धार्थनगर र बस्ती जिल्लाका श्रद्धालु ठुलो संख्यामा जलापर्णका लागि आउने गरेका छन् ।

प्रकाशित : २८ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६