प्रदेश

कपिलवस्तुमा भूमिहीन सुकुम्वासीको प्रदर्शन, ज्यादती नरोकिए थप आन्दोलन गर्ने



कपिलवस्तु, २८ साउन । डिभिजन वन कार्यालय कपिलवस्तुले अतिक्रमित वन क्षेत्र खाली गराउन थालेपछि कपिलवस्तुका भूमिहीन सुकुम्वासीहरू आन्दोलित भएका छन् । संयुक्त सुकुम्वासी अव्यवस्थित भूमि संरक्षण सङ्घर्ष समितिको आयोजनामा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गे बजारमा र्‍याली सहित विरोध सभा गरेका हुन् । भूमि आयोगले भूमि सम्बन्धी समस्या समाधान गर्न काम गर्दै गरेको अवस्थामा वन कार्यालयले गरेको ज्यादतीको विरोध स्वरूप प्रदर्शन गरिएको समितिका संयोजक कृष्ण घिमिरेले बताउनुभयो । ज्यादती नरोकिएको खण्ड थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताइएको छ ।

सभामा नेकपा माओवादी केन्द्रका विष्णु बेल्वासे, रबी ठाकुर, नेकपा एमालेका देवी बेल्वासे, नेकपाका सुनिल सी लगायतले सभामा मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित : २८ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६