प्रदेश

नेकपा एमाले बाणगंगा नगर अधिवेशनको तयारी तीव्र




बाणगंगा, २९ साउन ।

नेकपा एमाले बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशनको तयारी तीव्र भएको छ। अधिवेशन आगामी भदौ ७ गते सिद्धार्थ क्याम्पस बाणगंगामा हुने तय गरिएको छ। अधिवेशनको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नुहुनेछ।

अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ र यसको लागि विभिन्न विषयगत उपसमिति गठन गरि काम अगाडि बढाइएको छ। नगर कमिटीका सचिव विष्णु गिरीले दिएको जानकारी अनुसार भदौ १ गते ११ बजे ११ वटै वडामा प्रतिनिधि छनौट प्रक्रिया सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।

यस अधिवेशनमा झण्डै २ सय प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ। बर्तमान आयोजक कमिटी सहित अधिवेशनमा ११ वटै वडाहरुबाट प्रतिनिधिहरू सहभागी हुनेछन् ।

नगर अध्यक्ष युवराज पोखरेलले राजनैतिक प्रतिवेदन लेखनको जिम्मेवारी लिएका छन् भने सांगठनिक प्रतिवेदन सचिव विष्णु गिरी र आर्थिक प्रतिवेदन उपसचिव चेत नारायण भण्डारीले तयार पारेका छन्।

अधिवेशनको सफलताका लागि विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ। खाद्य व्यवस्था उपसमितिको संयोजक मुक्त बहादुर कार्की, प्रतिनिधि जाँचबुझ उपसमितिको संयोजक विष्णु गिरी, मंच व्यवस्थापन उपसमिति संयोजक कृष्ण बहादुर बिक, स्टेशनरी व्यवस्थापन उपसमिति संयोजक चेतनारायण भण्डारी र स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजक सरोजमणी पौडेलको जिम्मेवारी छ।

नगर कमिटीको अन्तिम बैठक श्रावण २९ गते बाणगंगा-७ को सभाहलमा आयोजना गरिनेछ। नगर अध्यक्ष युवराज पोखरेलले सबै कार्यकर्तालाई अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन आ-आफ्नो स्थानबाट सक्रिय हुन आग्रह गरेका छन्। यस अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ, किनभने वर्तमान नगर कमिटीमा उपसचिव बाहेक सबै जिल्ला कमिटीमा निर्वाचित भइसकेका छन्, जसले गर्दा नेतृत्वमा नयाँ अनुहार आउने निश्चित छ।

प्रकाशित : २९ श्रावण २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६