प्रदेश

बैंकिङ कसुरमा दाङ उद्योग वाणिज्य संघका पूर्व सदस्य पक्राउ



बुटवल, ३१ साउन । दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व सदस्य छबिनारायण गिरिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट बैंक कसुरमा पक्राउ पुर्जी जारी भएपछि गिरि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रामबहादुर तिमिल्सेनाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति घरबाट पक्राउ गरेको हो । उनीविरुद्ध बैंक कसुरमा मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६