खोज–अनुसन्धान

अस्पतालको सेवामा जिम्मेवार बन्न मन्त्री सारुको आग्रह




पाल्पा १ भदौ।लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पताल सेवाग्राहीप्रति जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । पाल्पा जिल्ला अस्पतालद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो बताउनुभएको हो । सारुले आफ्नो विभागीय जिम्मेवारी अनुसार सेवाग्राहीमुखी कार्य सम्पादनमा लाग्न र बिरामीलाई समुचित परामर्श प्रदान गरी सन्तुष्ट बनाउन लाग्नु पर्ने बताउनुभयो । सारुले अस्पतालमा कार्यरत कर्मचारीलाई जिम्मेवार बनेर सेवा प्रदान गर्न सुझाव दिनुभयो ।

जिल्ला अस्पताल पाल्पा विकास समितिका निवर्तमान अध्यक्ष गुरास आत्रेयले दक्ष जनशक्तिको अभावका कारण बिरामीलाई सहज रुपमा सेवा दिन कठिन भएको बताउनुभएको थियो ।सूचना अधिकारी रेडियोलोजीस्ट प्रमिला पाठकले कम दरबन्दी भएका कारण र आएका डाक्टरहरु पनि दुई चार महिनामा सरुवा गर्ने समस्या रहेको बताउनुभयो । पाठकले अस्पतालमा हाल ८ जना डाक्टरले बिरामीलाई सेवा दिए पनि अध्ययन विदामा गएका कारण समस्या परेकाले यसलाई व्यवस्थित बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित : १ भाद्र २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६