कपिलवस्तु २ भदौ। नेपाली कांग्रेसका शिवराज नगर उपसभापति करम हुसेन सहित तीन दर्जन कार्यकर्ता एमाले प्रवेश गरेको एमाले कपिलवस्तुले जनाएको छ । शिवराज नगर उपसभापति एवम् नेपाल मुस्लिम संघ कपिलवस्तुका उपसभापति समेत रहनु भएका करम भुसेन एक कार्यक्रमका बीच शनिवार एमाले प्रवेश गर्नु भएको हो ।
उहाँ लगायको सिंगो टिमलाई नेकपा (एमाले) का केन्द्रिय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले पार्टीमा प्रवेश गराउनु भएको हो । केन्द्रिय सचिव अर्यालले पार्टी प्रवेश गराउदै पार्टी निर्माणका निम्ति नयाँ पुराना सबैको भूमिका उत्तिकै रहने बताउनु भयो ।
प्रतिक्रिया