ब्रेकिंग न्युज

बेचन झालाई थुनामा पठाउने अदालतको आदेश



काठमाडौँ, ०२ भदौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

सरकारी वकिलको कार्यालयले साउन २९ गते झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

झा पक्राउ परेसँगै उच्चस्तरका राजनीतिक नेक्सस पत्ता लाग्ने प्रहरी अधिकारीहरुको दाबी रहेपनि मुद्दाको प्रतिवेदनअनुसार झाको बयानमा थप व्यक्तिको संलग्नता पुष्टि नभएको बताइएको थियो ।

प्रकाशित : २ भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६