प्रदेश

बाणगङ्गाका दर्जनौं व्यवसाय डुबानमा




हरि घिमिरे, ०४ भदौ ।
कपिलवस्तुको बाणगङ्गाको मुख्य वजार क्षेत्र डुबानमा परेको छ । बिहानै देखी परेको भीषण वर्षाले  बाणगङ्गाको मुख्य वजार क्षेत्र चारनम्बर, बैरीया, पिपरा, बोर्डगाँउका विभिन्न स्थान डुबानमा परेका छन् । डुबानले धनमालमा क्षति पुर्याउदाँ करोडौँको नोक्सानी भएको बताईएको छ ।  मुख्यगरी अण्डर ग्राउन्ड गोदाम गरिएका व्यवसायीलाई क्षति पुगेको छ । केही घर गोठहरुपनि डुबानमा परेका छन् ।


बाणगङ्गाका अधिकांश स्थानहरू अहिले डुबानमा परेका छन । अव्यवस्थित बसोवास र अव्यवस्थित विकास निर्माणका कारण चारनम्बर क्षेत्रमा डुबान भएको जनाईएको छ । 

मुख्यत जानकारीमा आए अनुसार सरू साइकल स्टोर, महाशक्ति मार्बल, पिपराको प्रकाश मोबाइल सेन्टर, मामा रनर टेड, धुव्रतारा होटल, ओएसिस सिनेमा हल, हिरो स्वरुम, अनु सप्लायर्स, लुम्बिनी पार्टी प्यालेस, सुभ न्यौपाने कपडा पसल र फर्निसिङ, नमुना फर्निचर लगायतका पसल सहित यस क्षेत्रमा भएको डुबानका कारण करोडौँको क्षति भएको व्यवसायीहरूले प्रेसपाटी अनलाइनलाई  बताएका छन ।

कपिलवस्तुमा सहित विभिन्न जिल्लामा रातिदेखि नै भारी वर्षा भैरहेको छ । जिल्लाको बाणगङा र कोइली खोलाले जोखिम तह पार गरेकोले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

प्रकाशित : ४ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६