दाङ,५ भदौ । दाङमा कुवा सफा गर्ने क्रममा फसेर गम्भीर घाइते भएका दुई जनाको निधन भएको छ । आज बिहान कुवामा फसेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका १६ वर्षका मुकेश बिक र ३८ वर्षका यम बहादुर बिकको राप्ती प्रादेशिक अस्पतालमा निधन भएको हो ।
आज बिहान करिब १० बजेतिर कुवा सफा गर्ने क्रममा दुबै जना फसेका थिए । फसेका दुबैजनालाई उद्धार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएकोमम ११ बजेतिर डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रकाश थापाले जानकारी दिए । कुवामा अक्सीजनको अभावले घाइते भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया