देश

कपिलवस्तुमा इतिहासकै धेरै बजेट आएको मन्त्री अधिकारीको उल्लेख




हरि घिमिरे, ०७ भदौ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कपिलवस्तुमा इतिहासकै धेरै बजेट आएको उल्लेख गरेका छन् । आज सुरु भएको दोस्रो नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले बजेटको बारेमा जनतालाई जानकारी पुर्‍याउनुपर्ने बताएका छन्। ”आफ्नो क्षेत्रको विकासको बारेमा जनतामा जिज्ञासा हुनु स्वभाविक हो। नियम र परिधिमा रहेर काम गर्नुपर्ने हुन्छ,” उनले भने। मन्त्री अधिकारीले कपिलवस्तुमा आएको बजेटको व्यापक प्रचार गर्नुपर्ने सल्लाह दिए।

मन्त्री अधिकारीले अधिवेशनलाई जोड्दै बाणगंगामा नेतृत्व चयन सहमतिबाट गर्नुपर्नेमा जोड दिएका छन्। उनले नेतृत्व चयनमा सहमति लिने प्रक्रिया अपनाउँदा राम्रो हुने बताएका छन्। ”पार्टीमा लागेका सबैको नेतृत्वमा पुग्ने चाहना हुन्छ, तर यसलाई अन्यथा लिनु हुँदैन। पार्टीको विधान अनुसार, सहमति हुँदा सर्वसम्मत चयन गरिन्छ, अन्यथा चुनावबाट नेतृत्व चयन हुन्छ,” मन्त्री अधिकारीले स्पष्ट पारे।

उनले भनें, ”पार्टीका सबै सदस्यको नेतृत्वमा पुग्ने चाहना हुन्छ, तर जसले पार्टीमा बढी योगदान दिएको छ, उसलाई चिन्नुपर्छ। प्रतिनिधिहरूलाई यथासम्भाव सुझाव दिन्छु।”

नेतृत्व चयनमा पार्टीको मर्यादाको पनि ध्यान राख्नुपर्ने उनले बताएका छन्, यद्यपि कस्तो खालको मर्यादा भन्ने कुरा स्पष्ट नगरेका छन्। मन्त्री अधिकारीको भनाइ अनुसार, शीर्ष नेतृत्व चयनमा ठूला नेताले प्रतिनिधिहरलाई स्वतन्त्र छोड्नुपर्ने छ भन्ने संदेश रहेको बुझिन्छ।

“वडावडाबाट प्रतिनिधिहरू चयन गरेर आएका छन्, त्यसैले ठूला नेताले त्यसलाई स्वतन्त्र छोड्नुपर्ने छ। अन्यथा गर्दा समस्या हुने छ,” उनले थपे। बाणगंगा नगरपालिका राम्रो हुँदा यसको सकारात्मक असर जिल्लाभर पर्नेमा मन्त्री अधिकारीले विश्वास व्यक्त गरे। “बाणगंगामा सही नेतृत्व चयन गर्दा प्रतिपक्षीले रणनीति बनाउन कठिन हुने छ,” उनले दाबी गरे।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६