प्रदेश

लुम्बिनी प्रदेशमा तीन दिन विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै



कपिलवस्तु, ०२ असोज । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । आज, भोलि र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन लागेको हो।

मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट भव्य रूपमा मनाउन आह्वान गरेका छन् ।सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुराउन संविधानको कार्यान्वयनको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संविधान दिवसलाई भव्य रूपमा मनाउन आह्वान गरेका हुन् ।

असोज २ गते अर्थात आजदेखि प्रदेश स्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा फहराईदैछ । कार्यालय परिसरमा सरसफाइ गरिने, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान कार्यक्रम गरिँदै छ । यस्तै प्रदेश सरकारी निकायका वेभसाईडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउने बारेमा सूचनाहरू सार्वजनिक गरिएको छ ।

संविधान कार्यान्वयनको पहिलो दशकस् उपलब्धि र चुनौती विषय विज्ञ सँग छलफल कार्यक्रम आज हुँदैछ । प्रदेश राजधानी परिसर क्षेत्रको लुम्बिनी हलमा कार्यक्रम आयोजना गर्न थालिएको हो ।

आमा नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, बरन्डामा दिवपालि गर्न सरकारले आह्वान गरिसकेको छ । असोज ३ गते अर्थात भोलि संविधान दिवसको मूल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित बिहान प्रभातफेरीको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मूल समारोह हुँदैछ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्ययतामा कार्यक्रम गरिने छ । कार्यक्रम परिसर क्षेत्रभित्र स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम गरिने छ । जिल्ला समारोह समिति सँग समन्वय गरेर १२ वटा जिल्लास्थित अस्पतालहरूमा बिरामीको निःशुल्क प्रयोगशाला परीक्षण तथा आकस्मिक टिकट निःशुल्क गरिने छ ।

यस्तै असोज ४ गते पर्सी उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालय सम्बद्ध सरोकारवालाहरूको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने जनाइएको छ ।

प्रकाशित : २ आश्विन २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६