ब्रेकिंग न्युज

टेलिभिजन प्रसारक संघले लुम्बिनीले भन्यो– सभामुख र सचीव होसमा आउ !



बुटवल, २ असोज ।लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई विभेदपूर्ण ब्यवहार गरेको भन्दै लुम्विनी प्रदेशका टेलिभिजनहरुले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।टेलिभिजन प्रशारकहरुको छाता संस्था राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरलाई ध्यानाकर्षण पत्र बुझाउँदै पटक पटक आग्रह गर्दा पनि प्रदेशसभा सचिवालयले बेवास्ता गरी विभेदपूर्ण ब्यवहार गरेकोले आफुहरुलाई चिन्तित गराएको उल्लेख गरेका छन् ।

संघका लुम्विनी प्रदेश अध्यक्ष नरेश केसीले बिगतदेखि नै प्रदेश सभा सचिवालयले आफु निकटका सञ्चारमाध्यमहरुलाई मात्रै कार्यक्रम उत्पादन तथा प्रशारण गर्न मिल्ने गरी कार्यविधी बनाएर सूचना प्रकाशन गर्ने सम्झौता गरी कार्यक्रम दिने गरेको र यसपटक पनि सोही कार्य दोहोरिएको उल्लेख गरेका छन्।

केसीले गतवर्ष नै सभामुख, उपसभामुख र प्रदेशसभा सचिवलाई समेत भेटेर ध्यानाकर्षण गराएको उल्लेख गर्दै त्यो बेला नै सभामुखले आगामी दिनमा कमी कमजोरी सच्याउने प्रतिवद्धता जनाएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

सभामुखले आफैले गरेको प्रतिवद्धता आफैले बेवास्ता गरी यस बर्ष पनि सूचना प्रकाशन गरी निश्चित सञ्चार गृहलाई मात्र रकम दिन थालिएको भन्दै उक्त सूचना रद्ध गर्न विज्ञप्ती मार्फत माग गरेका छन् ।

केसीले प्रदेशसभाका सुचना र लोक कल्याणकारी कार्यक्रम ठेक्का पट्टा गर्ने प्रवृत्ति अन्त्य गर्दै प्रदेशमा प्रसारण कार्यालय भएका सबै टेलिभिजनलाई समानुपातिक ढंगले बितरण गर्न माग गरेका छन्।प्रदेशसभा सचिवालयले निश्चित ४ वटा टेलिभिजनले बाहेक अरुले कार्यक्रम प्रशारण गर्न पाउनै नसक्नेगरी कार्यबिधी बनाएर सूचना सार्वजनिक गरेको छ।

प्रकाशित : २ आश्विन २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६