प्रदेश

संविधानको कार्यान्वयन संगै समतामूलक समाज निर्माणमा जुटौंः एमाले जिल्ला अध्यक्ष खनाल

ऐतिहासिक संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को शुभकामना



कपिलवस्तु, आश्विन ३ ।
नेपाली जनताको जनआन्दोलन एवम् वलिदानीपूर्ण सघर्षबाट प्राप्त जनताका प्रतिनिधीद्धारा पहिलो पटक निर्माण गरिएको नेपालको संविधान २०७२ जारी भएको ऐतिहासिक संविधान दिवस २०८१ को अवसरमा नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालद्धारा प्रेस विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गर्नु भएको छ । जारी शुभकामना सन्देशमा तत्कालिन राणा शासन, पञ्चायती ब्यवस्थाका विरुद्ध आफुलाई आहुती दिनुुहुने ज्ञात, अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै विभिन्न आन्दोलनका क्रममा हुनुहुने घाईते र वेपत्ता प्रति हार्दिक सम्मान ब्यक्त गर्दछौं ।


सामाजिक, सांस्कृतिक सहिष्णुता कायम गर्दै, समतामूलक समाज निर्माणको सकल्प संविधानले लिएको छ । संविधानको मर्म अनुसार राज्यले समृद्ध राष्ट्र निर्माणका निम्ति राज्यले प्रवाह गर्ने सेवा, सुविधालाई प्रभावकारी कार्यान्वयन गर्दै नविनतम अभ्यास, कानूनको कार्यान्वयन, समृद्ध र विकास प्रतिको जनताको तिव्र आंकाक्षा पुरा गर्ने जिम्मेवारी राजनैतिक दलहरुको काँधमा रहेको विज्ञप्तीमा भनिएको छ ।


नेपाली जनताले आफ्ना प्रतिनिधी मार्फत निर्माण गरिएको नेपालको संविधान २०७२ ले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको गास, बास, कपासको ग्यारेन्टी गरेको सन्दर्भमा यसको कार्यान्वयनमा साझा प्रयत्नका माध्यमबाट जनताप्रति जवाफदेही बन्न आवश्यक रहेको विज्ञप्तीमा भनिएको छ ।


विज्ञप्तीमा नेपाली जनताको जनअपेक्षा सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई साकार पार्न हामि सबै राजनैतिक दल, नागरिक समाजको साझा प्रयत्न आवश्यक रहेको चर्चा गर्दै नेपाली जनताको सघर्षबाट प्राप्त संविधानको कार्यान्वयन, शवलीकरण वर्तमानको आवश्यकता रहेको विज्ञप्तीमा भनिएको छ ।


यस ऐतिहासिक क्षणमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवा, आमा, दिदी वहिनी सबै प्रति शुभकामना तथा बधाई ज्ञापन गर्दछौं भनिएको छ । यस ऐतिहासिक दिनले हामि सबैलाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्धारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकतावद्ध भई अघि बढन प्रेरणा प्रदान गर्ने विश्वास प्रकट गर्दछौं भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ३ आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६