प्रदेश

अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा



बुटवल, ४ असोज ।
पाल्पाको दोभान प्रहरी चौकीले गोरू लोड गरिएको एउटा पिकअप जिप नियन्रणमा लिएको छ बिहीबार साँझ ४ बटा गोरू लोड गरेको लु २ च ५११९ नम्बरको गाडी प्रहरीले फेला पारेको हो । तिनाउ गाउँपालिका १ ओखलढुगामा लोड गरीएको भनिएका गोरू कसले बिक्र्री गरेको बिषय खुलेको छैन ।

चौपाया ओसार पसार गर्दा गाउँपालिका वा स्थानीय बडाको सिफारिस अनिवार्य भएपनि तेस्तो नगरेको पाईएपछि गोरू सहित गाडी नियन्रणमा लिएको दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक जनक बुढाले बताए । गोरू लोड गरेको गाडी बुटवल लैजान लागेको प्रहरीले जनाएको छ । गोरू के प्रयोजनका लागि लैजान लागको हो भन्ने बिषय भने खुलेको छैन । यता दोभान प्रहरी चौकीका प्रमुख जनक बुढाले चौपाया ओसार पसारको सम्बधित कुनै कागज पन्र नभएकाले गाडी प्रहरीले नियन्रणमा लिएर तिनाउ गाउँपालिका पठाइएको बताए ।

तर गाउपालिकाले बुझन नमानेपछि गोरू जहाबाट ल्याएको हो सोही स्थानमा छोड्ने गरी गोरू र गाडी फिर्ता पठाईएको प्रमुख बुढाको भनाई छ । गोरू ल्याउने मालिक रूपन्देहीको रोहिणी गाउपालीका ९ बस्ने सुरज केवट रहेको पाईएको छ । उनले बिक्री गने उद्देश्य सहित गोरू ल्याएको बुझिएको छ । पछिल्लो समय लुम्बिनी प्रदेसमा गोरू तस्करहरूमाथि प्रहरीले कडा निगरानी बढाएपछि तस्करहरूले गाउँको बाटो प्रयोग गदै आएका छन भने स्थानीय गाउँलेहरूलाई प्रयोग गरेर तस्करी गदै आएको बुझिएको छ ।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६