प्रदेश

अखाद्य वस्तु भेटिएपछि बन्द भएको हैदराबादी विरयानीलाई पुनः सञ्चालनको अनुमति



बुटवल, ०४ असोज ।

अखाद्य बस्तु फेला परेपछि बुटवल उपमहानगरपालिकाको अनुगमनपछि बन्द भएको हैदराबादी बिरयानी पसलले पुनः सञ्चालनको अनुमति पाएको छ । बुटवल नेपालगन्जरोडमा रहेको हैदराबादी बिरयानी सेन्टरमा गत भदौ २० गते अनुगमन गर्दा फोहोरो र सढेको मासु भेटिएपछि बुटवल उपमहानगरले सञ्चालनमा रोक लगाउनुका साथै जरिवाना समेत गरेको थियो ।

उपमहानगरले सञ्चालकलाई कारबाहीसँगै आवश्यक सुधार गरी आगामी दिनमा गल्ती नदोर्याउनेसर्तसहित पुनः सञ्चालनको अनुमति दिएको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् । उपमहानगरको अनुगमन टोलीले शुक्रबार पुनः अनुगमन गर्दा सुधार भएको भन्दै सञ्चालन गर्न भनेको हो । ‘हामीले कुनै व्यवसायीलाई हतोत्साही बनाउनु हुंदैन भन्नेमा स्पष्ट छौं’–अर्यालले भनिन्–‘व्यवसायीले पनि उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय चलाउनुपर्छ ।’ उनले उपमहानगरपालिकाले अनुगमनलाई निरन्तरता दिइरहने समेत बताइन् ।

अनुगमनपछि उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले हैदराबादी बिरयानी सेन्टरको भान्सामा धेरै राम्रो सुधार भएकोले बताए । बिरयानी सेन्टरका सञ्चालक जनक खड्काले बुटवल उपमहानगरपालिकाले दिएको निर्देशन अनुसार भान्सामा सुधार गरेर पुनः सञ्चालनमा ल्याएको बताए ।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६