अर्थ-वाणिज्य

विजयनगरमा विकासका लागि जनप्रतिनिधिको टोली अहोरात्र खटेको समिक्षा




कपिलवस्तु, ५ असोज ।कपिलवस्तुको विजयनगर गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सभाहल खडैचामा आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रगति समिक्षा गरिएको जनाइएको छ ।
गाउँपालिकाभित्र रहेका सबै शाखाहरुको वार्षिक प्रगति प्रतिवेदनसहित समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियोे । समिक्षासँगै पालिकाको विभिन्न योजनाहरुलाई निरन्तर अनुगमनको साथै कार्यान्वयनको पाटोलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् । शाखाहरुले योजना कार्यान्वयनको क्रममा देखिएका चुनौती, समस्या र समाधानसहितको सुझावसमेत प्रगति समीक्षा कार्यक्रममा प्रस्तुत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सबैले जवाफदेही हुनुपर्ने बताएका छन् । पालिकाका योजना र गतिविधिहरुलाई कार्यान्वयनमा उनले जोड दिए । समग्र पालिकाको विकास लागि जनप्रतिनिधिको टोलीले अहोरात्र लागेको उनले बताए ।
जनप्रतिनिधि र कर्मचारीहरुले समन्वयात्मक रुपमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार लगायतको क्षेत्रमा विगतका वर्ष भन्दा उल्लेखनीय प्रगति भएको अध्यक्ष थापाले बताए । योजनालाई जनतामाझ प्रभावकारी हुने गरि लैजानुपर्ने बताउँदै नमुना गाउँपालिका बनाउन आ(आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा अध्यक्ष थापाले आग्रह समेत गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले समग्र गाउँपालिकाको विकासका लागि कर्मचारीहरुको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन् । योजनाको अनुगमन कार्यलाई सक्रिय भई लाग्नुपर्नेमा उनले जोड दिइन् । योजना अनुगमनमा जाँदा उपभोक्ता समितिका पदाधिकारीसँग बसेर आवश्यक सल्लाह, सुझावसहित योजनाको कामलाई सम्पन्न गर्नुपर्नेमा उपाध्यक्ष चौधरीले जोड दिइन् ।
यसैगरी गाउँपालिका प्रमुुख प्रशासकीय अधिकृत शोभाराम रिजालले हरेक कार्य परिणाममुखी हुनुपर्ने बताए छन् । सबैे जिम्मेवार हुनुपर्ने बताउँदै योजनाहरुलाई सुधारमा उनले जोड दिए । पालिकाको गतिविधिहरुलाई पारदर्शी बनाउनुको साथै सचेत हुन आवश्यक रहेको उनले जिकिर गरे ।स्वमुल्याङ्कनमा गाउँपालिका प्रथम र स्वास्थ्यको सूचाङ्क मुल्यांकनमा पनि प्रथम भएको भएको बताउँदै जिल्लामै दोस्रो स्थान आएको उनले बताए । प्रमुुख प्रशासकीय अधिकृत रिजालले असोजमा दशैँ अगाडी पालिकाको वार्षिक प्रगति समिक्षा पुस्तक सार्वजनिक गरिने बताए । उनले सबै योजनालाई निगरानी गर्नुपर्ने भन्दै हरेक कार्य सम्पादनलाई चुस्तदुरुस्त बनाउन कर्मचारीलाई निर्देशन समेत दिए ।

प्रकाशित : ५ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६