प्रदेश

केरलाको कोची र बाणगङ्गा नगरपालिकाबीच शिष्टचार भेटघाट




कपिलवस्तु, ०५ असोज ।

केरलाको कोची नगरपालिकाका मेयर एम अनिल कुमार र नेपालको बाणगङ्गा नगरपालिका मेयर चक्रपाणि अर्याल बीच शुक्रबार एक महत्वपूर्ण शिष्टचार भेटघाट भएको छ। कोची नगरपालिकाको कार्यलयमा भएको यस भेटमा दुबै मेयरले दुई देशका राजनीतिक, आर्थिक, सामाजिक, र सांस्कृतिक अवस्थाबारे विचार आदानप्रदान गरे।

कोची नगरपालिकाका मेयर एम अनिल कुमारले बाणगङ्गाका मेयर चक्रपाणि अर्याल र साथमा रहेका अन्य सदस्यहरूको स्वागत गर्दै, केरला प्रदेश र कोची नगरपालिकाका सामाजिक उत्तरदायित्व, उद्धमशीलता, रोजगारी र फोहोरमैला व्यवस्थापनका बारेमा चर्चा गरे। यस क्रममा उनले गरिब र विपन्न परिवारलाई लक्षित सहयोगका कार्यक्रमहरूको महत्त्व पनि दर्शाए।

मेयर चक्रपाणि अर्यालले कोची नगरपालिकाका मेयरलाई न्यानो स्वागतका लागि धन्यवाद दिएका थिए। उनले नेपाल र भारतको दीर्घकालीन सम्बन्धको महत्त्व र छिमेकी रास्ट्र भएकोमा द्विपक्षीय सहयोगको आवश्यकता व्यक्त गर्दै, नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतीय कम्युनिस्ट पार्टीका महासचिव सिताराम याचुरीको योगदानको चर्चा गरे। याचुरीको निधनप्रति उनले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे। सोही अवसरमा चन्द्र शेखरको पनि चर्चा गरेका थिए ।

मेयर अर्यालले आगामी दिनमा कोची नगरपालिकासँग आवश्यक समन्वय गर्दै, बुद्ध जन्मस्थल लुम्बिनी र प्राचिन कपिलवस्तुको भ्रमणको निम्तो पनि दिए साथै नेपालका सुन्दर धर्मिक पर्यटन स्थलहरूको चर्चा समेत गरिएको थियो ।

यस शिष्टचारले दुई नगरपालिकाबीचको आपसी सहयोग र समझदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
भेटघाटमा कोचीका उपमेयर केए अन्सिया, मेयरको सचिवालयको टीम, इन्जिनियर, राजस्व बिभाग प्रमुख लगायतका सहभागी थिए भने बाणगङ्गा नगरपालिका बाट प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, योजना प्रमुख शान्ताराज आचार्य, वडा अध्यक्ष द्वय सन्जु कुमार सारु, छविरेश्मी मगर, सिद्धार्थ सामाजिक बिकास केन्द्रकी अध्यक्ष सुर्य कुमारी शाही, पुर्व अध्यक्षहरु लगायतका सदस्य सहभागी थिए । सिद्धार्थ सामाजिक बिकास केन्द्रको आयोजनामा विभिन्न क्षेत्रका २८ जना भ्रमणमा सहभागी भएका छन् ।

प्रकाशित : ५ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६