कपिलवस्तु । वाणगंगा नगरपालिका वडा नं २ पिपरामा, कपिलवस्तु टेक्निकल इन्स्टिच्युटले दशै र तिहारको अवसरमा फिजियोथेरापी र सर्वे इन्जिनियरिंगमा विशेष छुटका साथ भर्ना खुलाएको छ। प्रमुख अरुण पाण्डेले जानकारी दिनुभएको अनुसार, तीन बर्षे डिप्लोमा कार्यक्रम अन्तर्गत फिजियोथेरापी (DPT) र १८ महिने प्रि डिप्लोमा कार्यक्रम अन्तर्गत सर्वे इन्जिनियरिंग (AMIN) मा भर्ना गर्न इच्छुक विद्यार्थीहरूका लागि यो एक उत्कृष्ट अवसर हो।
कपिलवस्तु टेक्निकल इन्स्टिच्युट २०५४ मा स्थापित भएको हो र यसले लुम्बिनी प्रदेशमा उत्कृष्ट नतिजा ल्याउनेमा ख्याल राखेको छ। महेन्द्र राजमार्गको शान्त वातावरणमा अवस्थित यस इन्स्टिच्युटले १८ महिने कार्यक्रम सञ्चालन गर्दै आएको छ र हालै २०७९ बाट फिजियोथेरापी कार्यक्रम पनि सुरु गरेको छ। निकट भविष्यमा फार्मेसी कार्यक्रममा पनि थपिने तयारी भइरहेको बताइएको छ।
फिजियोथेरापीको विदेशमा पनि ठूलो माग रहेको र यस इन्स्टिच्युटबाट अध्ययन गरेका विद्यार्थीहरू विभिन्न स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्दै आएको स्वास्थ्यको जानकारहरूले बताएका छन्।साथै, प्रमुख अरुण पाण्डेले नजिकिदै गरेको दशै, तिहार र छठको अवसरमा विद्यार्थी, शिक्षक, कर्मचारी र देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया