ब्रेकिंग न्युज

बुटवलबाट हिडेको विङ्गर पहिरोमा पुरिदा १४ को ज्यान गयो




बुटवल १३ असोज । बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरो सँगै पुरिँदा बुटवलका १४ जनाको ज्यान गएको छ। ज्यान जानेमा जिप चालक रमेश लुइँटेल समेत छन्। पृथ्वी राजमार्गको नागढुंगा ९नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्। ती मध्ये १३ जनाले बुटवलबाट टिकट लिएको र १ जना नारायणगढबाट चढेका यात्रु हुन सक्ने बताइएको छ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान काठमाडौँ जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट १० जना र राजमार्ग चौराहाबाट टिकट लिएर ३ जना चढेका थिए। यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ। ती मध्ये, बोम कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ भने एक जनाको मोबाइल नम्बर मात्रै उल्लेख छ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका टिकट शाखा कर्मचारी लक्ष्मण पोखरेलका अनुसार बुटवल कालिकानिरका ३ जना, देवीनगरका ३ जना र सुख्खा नगरका ३ जना यात्रुहरू रहेका थिए। उनीहरूको अझै सनाखत हुन सकेको छैन ।

नागढुंगा(नौबिसे सडक खण्डको झ्याप्लेखोलामा झरेको पहिरोमा उक्त विङ्गर गाडी पुरिएको थियो। प्रहरी प्रभाग नागढुंगाका अनुसार मृतक सबै बुटवलका हुन मृतक मध्ये बुटवल सेमलाहरकी सिर्जना कुंवर र उनका आफन्त २ जना रहेका छन्। पहिरोमा उक्त जिपसङै एउटा कार समेत पुरिएको र उद्धार चलिरहेको प्रहरीले बताएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार निकालिएका शवहरू सबै पहिरोमा परेका तीनवटा बसबाट निकालिएको हो। बसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको उनले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डरमा ३५ जना टोली उद्धार र खोजीमा खटिएको छ।

प्रकाशित : १३ आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६