अर्थ-वाणिज्य

बाह्य र आन्तरिक लगानीका लागि मुख्यमन्त्री आचार्यको आव्हान




बुटवल १३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाह्य तथा आन्तरिक लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले लगानीमैत्री नीति अवलम्बन गरेको बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ लुम्बिनी प्रदेशको बुटवलमा प्रथम अधिवेसन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाह्य तथा आन्तरिक लगानीकर्तालाई आकर्षित गर्न वातावरण निर्माण गर्ने बताएका हुन् । ‘स्थानीय उत्पादनलाई बढाउन चाहन्छौं । यसका लागि उद्यम र उद्यमीको विकास गर्न प्रदेश सरकार नीजि क्षेत्र संग हातोमालो गर्न तयार छ’उनले भने,‘स्थानीय उत्पादनलाई बजारमा पु¥याउने, त्यसबाट नागरिकको जीवनस्तर उठाउनेगरी सरकारले नीति निर्माण गरेको छ । नीजि क्षेत्र संग सहकार्य गरेर अगाडी बढ्न सरकार तयार छ ।’ मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको लक्ष्य पुरा गर्न उद्योगी व्यवसायीको साथ खोजे । उद्योगी व्यवसायीहरुले राखेका मागहरु प्रति सरकार संवेदनशिल भएको, उद्योग दर्ता, नविकरण तथा सञ्चालनको क्षेत्रमा एकद्वार प्रणाली लागु गर्ने बारेमा सरकारले पहल लिने जानकारी दिए । साना तथा मझौला उद्योग एवम् उद्यमहरुको विकास गर्ने, उद्योग सञ्चालन गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्न पनि लगानी लगाउने, उद्योग तथा उद्यममैत्री पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने बताए ।

महासंघका अध्यक्ष माधव प्रसाद नेपालको अध्यक्षतामा भएको अधिवेशनले माधव प्रसाद नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा द्वय दधिराम खरेल र भास्कर काफ्ले, सचिवमा केशवराज पन्थी, कोषाध्यक्षमा लक्ष्मी क्षेत्री, सहसचिवमा पुरुषोत्तम अर्याल, सरोज चौधरी, जीवन कक्षपती, सहकोषाध्यक्षमा जुद्ध केसी सहित अन्य रहनु भएको छ।

प्रकाशित : १३ आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६