प्रदेश

रुपन्देहीमा बाढीमा बेपत्ता चालक र सहचालकको शव फेला



बुटवल, १४ असोज । बाढीमा परि शनिवारदेखि हराइरहेका दूध बोक्ने गाडीका चालक र सहचालकको शव आज फेला परेको छ । दूध बोकेर रुपन्देहीको मर्चावरदेखि भैरहवातर्फ आउँदै गरेको भे १ च २६७६ नम्बरको जिपसँगै जिपका चालक र सहचालक बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रंजितसिंह राठोरले जिपका चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव रुपन्देहीको घाघरा खोलमा फेला परेको बताए । शनिवार बाढीमा परेको उक्त जिपलाई रुपन्देहीको विपद् व्यवस्थापन टोलीले आइतबार क्रेनको सहायताले निकालेको थियो । जिपभन्दा करिब १ सय मिटर तल चालक र सहचालकको शव फेला परेको हो ।

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दूध सङ्कलन केन्द्रबाट सो गाडी दूध लिएर शनिवार बिहान ५ बजे भैरहवा आउँदै थियो ।

प्रकाशित : १४ आश्विन २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६