प्रदेश

बाणगंगाका व्यवसायीहरूको गुनासोः दुई छाता संगठनहरू निद्रामा, समस्या थपिँदै



हरि घिमिरे, १४ असोज । कपिलवस्तुको बाणगंगा क्षेत्रमा व्यवसायिक गतिविधिहरूमा देखिएको समस्या दिन प्रतिदिन गहिरिँदै गएको छ । यहाँका व्यवसायीहरु आफूले सामना गरिरहेका चुनौतीप्रति जिम्मेवार निकायबाट अपेक्षित सहयोग र समाधानको कमीले असन्तुष्ट भएका छन् । व्यवसायिक गतिविधिहरुमा तस्करी र अनियमितताको बढ्दो प्रभाव, साथसाथै नियमनकारी निकायहरुको निष्क्रियता देखापरेको छ ।


कपिलवस्तु उद्योग बाणिज्य संघ र उद्योग व्यापार संघ कपिलवस्तु दुई प्रमुख व्यवसायिक संगठन भए पनि, दुवै संगठन व्यवसायीहरूप्रति उदासीन देखिएका छन् । व्यवसायीहरूले दुबै छाता संगठनलाई आफूहरूको वास्तविक समस्यामा ध्यान नदिएको आरोप लगाएका छन् । विशेष गरी पोके व्यवसायीहरुको बढ्दो उपस्थिति र उनीहरुले सृजना गरेको प्रतिस्पर्धात्मक असमानताको विषयमा कुनै पहल नलिएको व्यवसायीहरुको गुनासो छ ।


निर्वाचनको समयमा पोके व्यवसायीलाई रोकथाम गर्ने प्रतिबद्धता जनाएका संघका पदाधिकारीहरू हाल आएर मौन बसेको व्यवसायीहरूको भनाइ छ । उनीहरुले औपचारिक कार्यक्रम, मेला र स्वागत सत्कारमा मात्र केन्द्रित रहेको आरोप लगाएका छन् । व्यवसायिक क्षेत्रका यस्ता समस्याहरूमा गहिरो चासो नदिइनुले यहाँका व्यवसायीहरू थप चिन्तित र निराश भएका छन् ।
व्यवसायीहरूले समस्या समाधानका लागि स्थानीय निकाय, संघ र अन्य सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउँदै ठोस कदम चाल्न आग्रह गरेका छन् ।


यता घरायसी प्रयोजनका लागि भन्दै उपभोग्य वस्तु, इलेक्ट्रोनिक्स सामान, कपडा र कुखुरा दिनहुँ तस्करी हुने गरेको छ ।
सामान्यतया सीमानाकामा दुवै देशका सर्वसाधारणको आवतजावत र किनमेल हुने हुँदा थोरै परिमाणको सामान सुरक्षाकर्मीले सीमा वारपार गर्न छोडिदिने गरेका छन ।


भारत र नेपालका सुरक्षाकर्मीले विवाह उत्सव, पूजा तथा चाडपर्वमा सर्वसाधारणलाई केही सहज बनाइदिँदा पोके व्यवसायी (गाउँघरमा खुद्रा सामान बेच्दै हिँडने) ले एकै दिनमा ७/८ पटकसम्म सीमानाकामा ओहोरदोहोर गरेर लाखौंका सामान भित्र्याउने गरेको पाइएको छ । चाडपर्वको समयमा सीमानाकाबाट तस्करी बढेपछि सीमा सुरक्षा बल सशस्त्र प्रहरीमाथि पनि प्रश्न खडा भएको छ ।

प्रकाशित : १४ आश्विन २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६