प्रदेश

बाणगङ्गा नदिमा दरखास्तका पुरुषको शव फेला 



बाणगङ्गा, १५ असोज ।
बाणगङ्गा नगरपालिका वडा नं. ४ का  यज्ञ कुमार नायक क्षेत्रीको शव बाणगङ्गा नदिमा फेला परेको छ। स्थानीय बासिन्दाले बालापुर क्षेत्रमा खोलामा मृत शरीर देखेपछि इलाका प्रहरी कार्यालय पिपरालाई खवर गरेका थिए। प्रहरीको टोली घटनास्थलमा पुगेर शवको सनाखत गर्दा, त्यो यज्ञ कुमार नायक क्षेत्रीकै भएको पुष्टि भएको हो।

मृतक क्षेत्रीका परिवारजनले पनि शवको पहिचान गरेपछि, शवलाई पोष्टमार्टमका लागि पिपरा अस्पतालमा पठाइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनामा कुनै शङ्कास्पद गतिविधिको प्रमाण फेला परेको छैन, तथापि थप अनुसन्धान जारी रहेको छ। परिवारजन र स्थानीय बासिन्दा घटनाप्रति शोकमग्न रहेका छन्।

यज्ञ कुमार नायक क्षेत्री यही असोज १३ गते अचानक बेपत्ता भएका थिए। उनका परिवारले प्रहरीमा हराएको निवेदन दिएको भए पनि, उनको अत्तोपत्तो लागेको थिएन।

प्रकाशित : १५ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६