प्रदेश

स्वास्थ्य क्षेत्रको विकास उत्साहजनकः मुख्यमन्त्री आचार्य



कपिलवस्तु, १७ आश्विन ।
कपिलवस्तु जिल्लाको स्वास्थ्य क्षेत्रको विकास उत्साहजनक रहेको लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले बताउनु भएको छ । मुख्य मन्त्री आचार्यले स्वास्थ्य क्षेत्रमा देखा परेका नीतिगत समस्यालाई समयमै समाधान गरी लुम्बिनी प्रदेश सरकार जनमुखी स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा प्रतिवद्ध रहेको बताउनु भयो । मुख्य मन्त्री आचार्यले डाइलासिस सेन्टरका निम्ति सहयोग पु¥याउने संघ , संस्था, स्थानिय सरकार, एवम् बाणगंगाबासी प्रति खुलेर प्रंशसा गर्नु भयो । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलद्धारा संचालित कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर, बाणगंगा, कपिलवस्तुको उद्घाटन गर्दै मुख्य मन्त्री आचार्यले यस्तो धारणा राख्नु भएको हो ।

डायलाइसिस सेवा अवसरः स्वास्थ्य मन्त्री खेम बहादुर शारु


लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर शारुले मृगौला रोगिका निम्ति डायलाइसिस सेवा महत्वपूर्ण अवसर भएको धारणा राख्नु भयो । स्वस्थ्य मन्त्री शारुले प्रदेशबाट विपन्न जनताका निम्नी दिदै आएका सेवालाई जिल्ला स्थित जनस्वास्थ्य कार्यालय मार्फत सरल ढंगले छिट्टै प्रदान गर्ने प्रतिवद्धता जनाउनु भयो । स्वास्थ्य मन्त्री शारुले मन्त्रालयले ५५ वुदे सूचाङ्क निर्माण गर्दै कामलाई सुक्ष्म ढंगले अगााडी बढाएको तर्क गर्दै स्वास्थ्य क्षेत्रमा देखा परेका समस्या समाधान र प्रभावकारी कार्यान्वयनका निम्ति १५ बुदे घोषणा पत्र जारी गरेको बताउनु भयो ।

म आज धेरै खुसी छुः पूर्व स्वास्थ्य मन्त्री पंथी
उद्घाटन समारोहमा पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले आज आफु निकै खुसी भएको बताउदै पछिल्ला दिनहरुमा कपिलवस्तुको स्वास्थ्य क्षेत्रमा नतिजा योग्य तौर तरिकाबाट काम भएको दावी गर्नु भयो । पूर्व स्वास्थ्य मन्त्री पंथीले जिल्लाको चन्द्रौटामा प्रदेश स्तरकै सरुवा रोग अस्पतालको काम भइरहेको , तौलिहवामा १ सय वेडको कपिलवस्तु अस्पतालले हालै स्वीकृती पाए संगै संचालनमा रहेको, त्यस्तै जिल्लाको बाणगंगा नगरपालिका भित्र ५० सैयाको यूनाइटेड सहकारीद्धारा यूनाईटेड सामुदायिक अस्पताल संचालनमा रहेको र थप ५० शैयाका निम्ति भौतिक पूर्वाधारको काम शुभारम्भ भएको बताउनु भयो । त्यस्तै बाणगंगा नगरपालिकाको मातहतमा रहेको १५ शैयाको पिपरा अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्र्ने र ४ नं. मा रहेको कपिलवस्तु सामुदायिक अस्पताललाई ब्रोन अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।


त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य एवम् लुम्बिनी प्रदेशका विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले दैनिक जसो बुटवल धाउनुपर्ने मृगौला रोगिका निम्ति आफ्नै घर आगनबाट डायलाइसिस सेवा पाउदा आर्थिक हैसियत कमजोर भएका, परिवारबाट हेरचाह पाउन कठिनाई भोगेका मृगौला रोगिका निम्ति त यो सेवा बरदान नै सावित भएको बताउदै आफुले पनि पुरै जीवन सामाजिक कार्यमा समरपित गर्ने प्रतिवद्धता जनाउनु भयो ।


त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगरपालिकामा मात्र २९ जना डायलाइसिसका विरामी रहेको बताउदै डायलाइसिसका विरामीका निम्ति नगरपालिकाले निरन्तर सहयोग पु¥याउदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।


गौतम बुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलामले कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर,बाणगंगाका् सूचिकृतका निम्ति अनेकन समस्या भोग्न परेको कथा, ब्यथा र ढिलाईका बाबजुद ३६ महिनाको अर्थक प्रयास पश्चात सामुदायिक डायलासिस सेन्टर, बाणगंगा सूचिकृत भएकोमा विशेषगरी मेगौला पिडितहरुलाई बधाई ज्ञापन गर्नु भएको छ ।


उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, नेपाल डिस्टिक पूर्व गर्भनर राजेन्द्र ध्वजु, बुटवल, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष दिनेश रेग्मी, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, कपिलवस्तु जेसिजका अध्यक्ष प्रविण पौडेल, रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष ज्ञानहरी न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमको अध्यक्षता, उपसचिव बाबुराम बोहराको संचालन र अस्पतालका कार्यकारी निर्देशक डा. समिर गौतम स्वागतमा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा स्थानिय संघ, संस्था एवम् सरोकारवालाहरुको महत्वपूर्ण उपस्थिती रहेको थियो ।


कार्यक्रममा कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर, बाणगंगा, कपिलवस्तु संचालनमा निम्ति महत्वपूर्ण योगदान पु¥याउनु हुने लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथी, कपिलवस्तु जेसिजका अध्यक्ष प्रविण पौडेल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष ज्ञानहरी न्यौपानेलाई दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका २०८० अन्र्गत मृगौला रोगका विरामीहरुलाई हेमोडायलाइसिस सेवा प्रदान गर्ने गरी स्वास्थ्य सेवा विभाग नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाको मिति २०८१ आश्विन ६ गतेको नेपाल सरकार सचिव स्तरीय निर्णयबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलद्धारा संचालित कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर, बाणगंगा, कपिलवस्तुको सुचीकृत भएको थियो ।

प्रकाशित : १७ आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६