प्रदेश

नयाँ व्यवस्थापन र सुविधा सहित बाणगंगामा पंजाबी तड्का रेष्टुरेण्टको भव्य सुरुवात



हरि घिमिरे, १७ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकामा नयाँ सुविधा सम्पन्न “पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस” औपचारिक रूपमा सञ्चालनमा आएको छ। यो रेस्टुरेन्ट तौलिहवा रोडस्थित ठाकुरापुरमा अवस्थित छ। यसअघि वाणगंगा नगरपालिका वडा नं. ३ सिउटीबाट सेवा प्रदान गरिरहेको पंजाबी तड्का रेस्टुरेन्टले अब नयाँ व्यवस्थापन र थप सुविधाहरूका साथ वडा नं. ४ ठाकुरापुरबाट सेवा विस्तार गरेको हो।

सञ्चालक यादव चुदालीका अनुसार, बदलिँदो बजार प्रवृत्ति र ग्राहकहरूको बढ्दो अपेक्षालाई ध्यानमा राख्दै पुरानै शैलीले होटल व्यवसाय संचालन गर्न सम्भव नभएकाले नयाँ व्यवस्थापनसहित सेवा सुरु गरिएको हो। उनले रेष्टुरेन्टलाई ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधासहित नयाँ अनुभव प्रदान गर्नका लागि तयार गरिएको जानकारी दिए।

यो नयाँ पार्टी प्यालेसको औपचारिक उद्घाटन घटस्थापनाको अवसरमा लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी र बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले संयुक्त रूपमा गरेका थिए।

रेस्टुरेन्टमा थकाली खाना, भारतीय, चाइनिज परिकार लगायत नयाँ–नयाँ नास्ताहरूको व्यवस्था छ। साथै, विवाह, बर्तबन्धजस्ता पारिवारिक कार्यक्रमका लागि अत्याधुनिक हल, एसी सुविधा, फ्री वाईफाई, र पारिवारिक वातावरण प्रदान गरिन्छ। चुदालीले दशैँ, तिहार, र छठ पर्वको अवसरमा विशेष छुट प्रदान गरिने पनि बताए।

बाणगंगामा होटलहरूको प्रतिस्पर्धाबीच यो रेस्टुरेन्टले ग्राहकहरूलाई उत्कृष्ट सुविधा दिने लक्ष्य लिएको छ।

प्रकाशित : १७ आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६